NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलागा तृतीया - १८

काम, कर्तव्य र अधिकार

(१) दूध तथा दुग्ध पदार्थहरु र पशु आहाराकोे उत्पादन एवं प्रवद्र्धनको लागि आवश्यक हुने पदार्थहरुको आयात तथा उत्पादित दूध तथा दुग्ध पदार्थहरु र पशु आहाराको निर्यात सम्वन्धी नीति तर्र्जुमा गरी नेपाल सरकार समक्ष सिफारीस गर्ने र पारित नीति कार्यान्वयन गर्ने, गराउने ।
(२) दूधको मूल्य निर्धारण गर्ने नीति तर्जुमा गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने ।
(३) दुग्ध व्यवसाय सम्वन्धमा उत्पादक तथा उपभोक्ताहरुको हितको लागि नेपाल सरकारलाई आवश्यक सुझाव दिने ।
(४) सहकारीको माध्यमवाट दुग्ध व्यवसायको विकास गर्न प्रोत्साहन गर्ने, गराउने ।
(५) दुग्ध उद्योगहरुको दर्ता गर्ने, गराउने ।
(६) दुग्ध उद्योगको लागि आवश्यक स्वदेशी तथा विदेशी सहायता अनूदान तथा ऋणको व्यवस्था तथा परिचालन गर्ने, गराउने ।
(७) दुग्ध उद्योगको स्थापना, सूधार, प्रवद्र्धन तथा संरक्षण गर्न प्राविधिक सहयोग उपलव्ध गर्ने, गराउने ।
(८) दुग्ध उद्योग सम्वन्धी अन्य आवश्यक कार्य गर्ने, गराउने ।